Fourth NRN Regional Conference
May 28-30, 2010
Houston Marriott Westchase Hotel
2900 Briarpark Dr., Houston, TX 77042, USA
Day 1: Room 1
Workshop on
Open and Distance Education in Nepal
Invitation
| Information for Participants
| Workshop Schedule
| People Bio
| Photos from the Program
| Resolution of Workshop
| NRNA Houston Decleration (
NRNA
|NepalAustralianNews
| NepaliPost
)
| Press Release and coverage (
Official
| JanaPukar
| Nepalnews
| eKantipur
| NepalArab.com
| NepalDalitInfo
)
| Pre-event News Coverage (
ICDE
| 01
| 02
| 03
| 04
| 05
)
Venue (
Address
|
Map
| Rates and Reservation
| Reserve
| More
)
NRNA Houston Decleration
गैरआवासीय नेपालीद्धारा हयुस्टन घोषणा पत्र
Source: NRNA | NepaliPost
हयुस्टन - नेपाली पोष्ट प्रतिनिधि
प्रकाशनको मिति ३० मे २०१० १०:२२ बजे
गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आयोजना र राष्ट्रि्रय समन्वय परिषदहरु संयुक्त राज्य अमेरिका एवम क्यानाडाको आथित्यमा "नेपालको द्रुदतर विकासका लागि ज्ञान र लगानी प्रवाह" को मुल नारा सहित टेक्सास राज्यको ह्युस्टन शहरमा सम्पन्न यो चौथो गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन २०१० ले निम्न बुदा सहित यो घोषणा पत्र जारी गरेको छ ।
उक्त जानकारी गैर आवासीय नेपाली क्षेत्रीय सम्मेलन स्थल हयुस्टनबाट परिषद्द्धारा जारी विज्ञप्ति मार्फत गरेको हो । मे २९ मा जारी विज्ञप्तिका अनुसार घोषणा पत्रमा निम्न बुंदाहरु उल्लेख गरिएका छन् ।
१. नेपालको ऐतिहासिक परिवर्तन पछि निर्वाचित संविधान सभाले निर्धारित समयमा संविधान बनाउ“ने प्रकृया पुरा गर्न नसकी, संविधान निर्माणको कार्य पुरा गर्नको लागि १ वर्षको समय अवधि थपिएको परि प्रेक्ष्यमा नयां निर्धारित समयमा लोकतान्त्रिक मुल्य मान्यता सहितको संविधान निर्माण होस भन्ने यो सम्मेलन कामना गर्दछ ।
२. विश्वभरि छरिएर रहेका नेपालीहरु नेपालमा दीर्घकालिन शान्ति, मुलुकको राष्ट्रिय एकता, क्षेत्रीय अखण्डता, विश्वव्यापी रुपमा सर्वस्वीकार्य मानव अधिकार सुनिश्चित गर्ने लोकतान्त्रिक संविधानको निर्माणको पक्षमा रहेको कुरा यो सम्मेलन जाहेर गर्दछ । साथै आम नेपालीको चाहना अनुरुप नयां निर्धारित समयमा नै संविधान सभालाई आफ्नो सबै कार्य पुरा गर्नलाई यो सम्मेलन आव्हान गर्दछ ।
३. भारतको मेघालयमा भएको जातिय हिंसा प्रति यो सम्मेलनको ध्यान आकृष्ट भएको छ र अल्प संख्यक नेपाली भाषीहरुको मानव अधिकार रक्षाका लागि संवन्धित सरकारहरु संग आग्रह गर्दछ ।
४. गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवम प्रमुख संरक्षक उपेन्द्र महतो -पीएचडी)"सुप्रवल जनसेवाश्री" द्वारा सम्मान हुनु भएकोमा महतोलाई बधाई ज्ञपना गर्दै नेपाल सरकार प्रति धन्यवाद व्यक्त गर्दछ ।
५. गैरआवासीय नेपाली विश्व सम्मेलनहरुमा प्रमुख राजनीतिक दलका नेताहरुले गैरआवासीय नेपाली सम्वन्धि ऐनमा गैरआवासीय नेपाली संघको सुझाव अनुरुप सुधारका लागि गरेको प्रतिवद्धता प्रति ध्यान आकृष्ट गर्दै गैरआवासीय नेपालीको परिभाषा लगायत अन्य विषयमा ऐनमा यथास्रि्र सुधार गर्न नेपाल सरकार र व्यवस्थापिका संसदलाई आग्रह गर्दछ ।
६. नयां बन्ने संविधानमा एक पटकको नेपाली सधैको नेपालीको अवधारणा अनुरुप दोहोरो नागरिकताको प्रष्ट व्यवस्था गर्न संविधान सभालाई आग्रह गर्दछ । साथै यस अभियानमा बल पुर्याउन सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई आव्हान गर्दछ ।
७. नेपालको आर्थिक समाजिक रुपन्तरणका लागि सामुहिक लगानिको अपरिहार्यतालाई मनन गरी सामुहिक लगानिको अवधारणालाई अगाडि बढाइने छ । सामुहिक लगानिको प्रयास केही राष्ट्रिय समन्वय परिषदबाट शुरु भइसकेको पर्रि्रेक्ष्यमा अन्य राष्ट्रिय समन्वय परिषदलाई पनि यस्तो कार्यमा प्रोत्साहित गरिने छ ।
८. मुलुकको सर्वांङगिन विकासको लागि मानव संसाधानको विकासको महत्वलाई ध्यानमा राखि यो सम्मेलनले ज्ञान, सीप, प्रविधिको हस्तान्तरणलाई उच्च महत्वका स्ााथ अघि बढाउंने निर्णय गरेको छ । नेपालमा उच्च तहको जनशक्ति निर्माणलाई सघाउन एक खुल्ला विश्वविद्यालय अति जरुरी भइसकको छ । अन्तरराष्ट्रिय खुल्ला तथा दुर शिक्षा परिषद र अन्य ख्याति प्राप्त विश्वविद्यालयहरुबाट नेपालमा खुल्ला विश्वविद्यालय स्थापनाको लागि चाहिने प्राविधिक सहयोग गर्ने प्रतिवद्धताको यो सम्मेलन स्वागत गर्दछ । नेपाल सरकार, नेपाल र विदेशमा रहेका नेपाल संग संवन्धित संघ संस्था र दातृ निकायसंग मिलेर खुल्ला विश्वविद्यालयको स्थापना गर्ने कार्य अघि बढाउने प्रतिवद्धता यो सम्मेलन जाहेर गर्दछ ।
९. यो सम्मेलन नेपालमा लोककल्यणकारी परियोजनाहरुमा अझै दत चित्त भएर लाग्न सबै गैरआवासीय नेपालीहरुलाई आव्हान गर्दछ । साथै प्रत्येक राष्ट्रिय समन्वय परिषदद्वारा कम्तिमा एउटा लोककल्याणकारी परियोजना संचालन गर्ने पूर्व प्रतिवद्धता दोहोर्याउदै अन्तर्राष्ट्रिय समन्वय परिषदद्वारा स्वीकृत परियोजनाहरुमा योगदानका लागि राष्ट्रिय समन्वय परिषदहरुलाई आव्हान गर्दछ ।
१०. विश्वका आधा जनसंख्याको प्रतिनिधित्व गर्ने महिलाको सशक्तिकरण बिना मुलुकको रुपान्तरण संभव नहुने भएकोले गैरआवासीय नेपाली महिला लगायत महिला सशक्तिकरणको अभियानमा लाग्न यो सम्मेलन प्रण गर्दछ ।
११. नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्न सबै गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुलाई नेपालका पर्यटकीय स्थानहरुको परिचय गराउने कार्यक्रमहरु गर्न प्रोत्साहित गर्दछ । बुद्धको जन्मस्थल लुम्बिनी नेपालको अभिन्न अङ्ग भएको तथ्य विश्व भरी फैलाउने अभियान राष्ट्रिय समन्वय परिषद मार्फ संचालन गरिने छ ।
१२. हाम्रो नेपालीपनलाई जिवन्त राख्नका लागि गैरआवासीय नेपालीहरुलाई नेपालको मौलिक भाषा, साहित्य, संस्कृति र कला संग जोडि राख्नु अपरिहार्य भएकोले नेपाली कला, साहित्य, भाषाको पर््रवर्धनका लागि प्रण गर्दै यस क्षेत्रमा योगदान गर्ने सबैको यो सम्मेलन उच्च कदर गर्दछ ।
१३. प्रत्येक वर्षो २८ मे लाई नेपाल दिवसका रुपमा मनाउने हयुस्टन नगर प्रशासनको निर्णयको स्वागत गर्दै मेयर अनिस पार्कर लगायत संबन्धित सबैलाई यो सम्मेलन आभार ब्यक्त गर्दछ । अन्य शहरहरुमा पनि यस्तै प्रकारको नेपाल दिवसको औपचारिक मान्यता प्राप्त गर्नका लागि काम गरिने छ ।
१४. यस सम्मेलनका लागि विश्वभरका नेपालीहरुलाई यस सुन्दर नगरी हयुस्टनमा स्वागत गर्ने हयुस्टनबासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् आभार ब्यक्त गर्दछ । साथै यस सम्मेलनलाई विभिन्न किसिमबाट सफल पार्न उपस्थित भई दिनुभएका अमेरिकी, क्यानाडी र अन्य नेपालका मित्रहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् धन्यवाद ज्ञापन गर्दछ । सम्मेलन सफल पार्न सहयोग गर्ने सबै व्यक्ति तथा संस्थालाई एवम् सहभागिहरुलाई यो सम्मेलन कृतज्ञता ज्ञापन गर्दछ ।
Copyright © Canada Foundation for Nepal 2006-2010. All Rights Reserved.
